मधेश प्रदेश सभाको बैठक बस्दै, मन्त्रीमाथि छानवीन समिति गठन गरिने



जनकपुरधाम, चैत २७ । मधेश प्रदेश सभाको बैठक आज बस्दै छ । दिनको १ बजे बैठक बस्ने जनाइएको छ । मधेश प्रदेशका मन्त्रीहरुले योजना बाँडफाँट गरेको आरोप छानबीन गर्नकालागि प्रदेश सभाले छानवीन समिति गठन गर्ने जनाइएको छ ।

मधेश प्रदेश सभाको बुधवार बस्ने बैठकले भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवलगायतका मन्त्रीहरुले गरेको योजना बिक्री लगायतका भ्रष्टाचारहरुको छानबिनका लागि संसदीय छानबिन समिति गठन गरिने भएको छ ।



गत हप्ता प्रदेश सभामा दलका नेता र प्रमुख सचेतकहरुबीच भएको सहमति अनुसार प्रदेश सभाबाट भ्रष्टाचार र योजना बिक्रीको छानबिन समितिले गर्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनका लागि गतिरोध हटाउन सत्तासीन दलहरु र प्रदेश सभामुखले संसदीय समिति गठन गर्न सहमत भएका थिए ।

प्रदेश सभाको आज १ बजे बोलाइएको बैठकबाट छानबिन समिति गठन गरिने सहमति भएको थियो । विपक्षी दलहरुले छानबिन समितिको माग गरे पनि सत्तापक्षले संसद नै अनिश्चितका लागि स्थगन गरी समिति गठनबाट भाग्ने प्रयास गरेका थिए ।

प्रकाशित मिति: २०८१ चैत्र २७, बुधबार ०८:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको