जनकपुरधाम, फागुन ५ । उपेन्द्र यादवले मधेशको अधिकार र संघीयताको रक्षा गर्ने साहस जनता समाजवादी पार्टी नेपाल ९जसपा नेपाल० सँग मात्रै रहेको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मधेश जनविद्रोह केवल आन्दोलन नभई मधेशको आत्मसम्मानको घोषणापत्र भएको उल्लेख गरेका छन्। गोली, दमन र षड्यन्त्रका बीच अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेशको वास्तविक प्रतिनिधि भएको उनको भनाइ छ।
यादवले शहिदहरूको बलिदानबाट स्थापित संघीयताको आधार कमजोर पार्न विभिन्न शक्तिहरू सक्रिय रहेको आरोप लगाउँदै त्यसको रक्षा गर्न जसपा नेपाल दृढ रहेको बताए।
उनले आगामी निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा चित्रण गर्दै मतदातालाई सोचेर निर्णय लिन आग्रह गरेका छन्। “अब निर्णय तपाईँकै हातमा छ—इतिहास लेख्ने कि इतिहास मेट्ने रु आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि संघर्ष गरेको शक्तिलाई मतदान गरौँ,” उनले लेखेका छन्।
विभाजन र भ्रमभन्दा माथि उठेर आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई भारी बहुमतले विजयी बनाउन उनले अपिल गरेका छन्।






