दिल्ली क्यापिटल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित



जनकपुरधाम, चैत २८ । दिल्ली क्यापिटल्सले आइपीएलमा लगातार चौथो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा टोलीले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको छ । दिल्लीका केएल राहुलले खेल जित्ने ९३ रन बनाए। कुलदीप यादव र विपराज निगमले २/२ विकेट लिए।

दिल्लीले चिन्नास्वामी रंगशालामा बलिङ गर्ने निर्णय गर्‍यो। बेंगलुरुले ७ विकेट गुमाउँदै १६३ रन बनायो। दिल्लीले १७.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। बैंगलोरका भुवनेश्वर कुमारले २ विकेट लिए। टिम डेभिड र फिल साल्टले ३७/३७ रन बनाए।

प्रकाशित मिति: २०८१ चैत्र २८, बिहीबार २३:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको