ओम प्रकाश यादव
रौतहट, चैत १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालको रौतहट जिल्ला अध्यक्षमा राजीव रंजन यादव निर्वाचित भएका छन् । उनले १९६ मत ल्याई बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी श्याम विहारी यादव १३० मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षद्वयमा पारस भण्डारी १९८ र अमरुल हक १८५ मत ल्याई बिजयी भएका छन् भने अमृतलाल चौधरी १०९ र रामेश्वर राय १३२ मत ल्याएका थिए । दुई जना उपाध्यक्षकालागि चार जनाले उम्मेदवारी दिएका थिए ।
त्यस्तै सचिवमा शम्भू प्रसाद यादव १९१ मत ल्याई बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी जयराम महतो १२४ मत ल्याएका थिए । सह सचिवमा दीपेन्द्र पटेल १९७ र उपेन्द्र राय १८६ मत ल्याई बिजयी भएका छन् भने प्रवेज़ आलम १२४ र वसन्त झा ११३ मत ल्याएका थिए ।
कोषाध्यक्षमा बृज मोहन साह १७२ मत ल्याई बिजयी भएका छन् भने सुरेन्द्र बैठा १४१ मत ल्याएका छन् ।




