सुनचाँदीको मूल्य बढ्यो



काठमाडौँ, चैत २९ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु तीन हजार ९०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु रु एक लाख ८१ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख ८५ हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

साथै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला रु एक हजार ९०० मा कारोबार भएको चाँदी आज रु पाँचले बढेर रु एक हजार ९०५ पुगेको छ ।

प्रकाशित मिति: २०८१ चैत्र २९, शुक्रवार १२:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको