एजेन्सी, चैत २९ । भारतीय काँग्रेस निकट विद्यार्थी संगठनक राष्ट्रिय प्रभारी कन्हैया कुमारलाई शुक्रबार बिहारको राजधानी पटना बाट प्रहरीले हिरासतमा लिएको छ ।
विहारमा बेरोजगारी विरुद्ध पदयात्रा निकालिने क्रममा मुख्यमन्त्री निवास घेराउ गर्न पुगेका कन्हैया सहितका नेताहरुलाई प्रहरीले हिरासतमा लिएको छ । मुख्यमन्त्री निवास घेराउको क्रममा हुलदंगा भएपछि प्रहरीले नेता कार्यकर्ताहरूमाथि लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा समेत प्रयोग गरिएको थियो ।
कन्हैया कुमार को ‘पलायन रोको नोकरी दो’ यात्रको आज अन्तिम दिन थियो । सोही क्रममा मुख्यमन्त्री निवास घेराउ गर्दै नितिश कुमारलाई ज्ञापन पत्र दिने कार्यक्रम रहेको थियो । हुलदंगा पछि, युवा कांग्रेसका राष्ट्रिय अध्यक्ष उदय भानु चिब र युवा कांग्रेसका क्षेत्रीय अध्यक्ष शिव प्रकाश गरीब दासलाई समेत हिरासतमा लिइएको छ । उनिहरुलाई पटनाको कोतवाली थानामा राखिएको छ ।




