भरुवा बन्दुक सहित एकजना पक्राउ



काठमाडौँ, चैत ३० । प्रहरीले कपिलवस्तुबाट भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ ।

वाणगंगा नगरपालिका–१ घर भएका गंगाराम थारुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले बताए ।

उनको घर खानतलासी गरेर प्रहरीले लाइसेन्स नभएको भरुवा बन्दुक बरामद गरेको छ । ५८ वर्षीय गंगाराम थारुमाथी अदालतबाट म्याद लिएर अनुसन्धान गरिने डीएसपी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: २०८१ चैत्र ३०, शनिवार ११:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको