अन्य प्रदेश पर्यटन प्रवद्र्धनमा, मधेश प्रदेश योजना खरिद बिक्रीमा

नयाँ बर्षको अवसरमा


जनकपुरधाम, चैत ३० । नयाँ बर्ष २०८२ को अवसरमा मुलुककै अन्य प्रदेशहरु पर्यटन प्रवद्र्धनमा जुटेका छन् तर मधेश प्रदेश योजना खरिद बिक्रीको हरहिसाव मिलाउन व्यस्त देखिएका छन् । जनकपुरधाम, छिन्नमस्त, गढीमाई लगायत दर्जनौ स्थान यस्ता छन् जहाँ पर्यटकलाई लोभ्याउन सकिन्छ तर, प्रदेश सरकारले कुनै कार्यक्रम राखेका छैनन् ।

उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालय स्रोतका अनुसार नयाँ बर्षमा कुनै कार्यक्रम छैन् । पर्यटन प्रवद्र्धनकालागि भाषणमा दोहाई दिने मन्त्री तथा नेताहरु अहिले चुपचाप बसेका छन् । उद्योग, बाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मिया जनकपुरमा छैनन् । उनी पनि योजना मिलानमा सम्वन्धित ठाउँमा रहेको स्रोतको दावी छ ।

‘मधेशका मुख्यमन्त्री पटक–पटक तोड्दै मर्यादा, चोरी–चोरी विदेश भ्रमण‘ शिर्षकमा मधेश टुडेले समाचार प्रकाशन गरेपछि प्रतिपक्षी दलले मुख्यमन्त्री सिंहलाई प्रदेश सभामा जवाव दिनु पर्ने मांग गरे पछि उनले जवाफ दिन क्रममा भनेका थिए–‘मैले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ संग मधेश प्रदेशको पर्यटन प्रवद्र्धन सम्वन्धमा कुरा गरे, मैले जनकपुरधामलाई अयोध्या संग जोड्दा जनकपुरधाममा मात्रै नभई पशुपतिनाथ, मुक्तिनाथ लगायतका धार्मिक स्थलमा पर्यटन प्रवद्र्धन हुन्छ ।’

तर, प्रदेश सरकार संग पर्यटन प्रवद्र्धन सम्वन्धमा कुनै योजना रहेको छैन् । नयाँ बर्षमा पोखरा, चितवन, काठमाडौँ लगायत मुलुकका अन्य अन्य स्थानमा समेत धुमधामका साथ तयारी चलि रहेको भए पनि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सिंह र पर्यटन मन्त्री मियालाई नयाँ बर्ष छुन सकेको छैन् । पर्यटन मन्त्रालय स्रोतका अनुसार मन्त्री मिया पनि योजना मिलानमै व्यस्त छन् ।

जनकपुरधाम उद्योग बाणिज्य संघ तथा होटल व्यवस्थायि संघ धनुषाका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रदेश सरकारले यस्तो नयाँ बर्षको अवसरमा मधेशलाई पर्यटकीय दृष्टिकोणले चिन्हाउने कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् । उनले भने–‘मधेश प्रदेशमा पर्यटकीय स्थलहरु पर्याप्त रहेपनि त्यसको सम्वद्र्धन, प्रवद्र्धन हुन नसकेका कारण यहाँ पर्यटक ल्याउन अलिक कठिन भएकोछ ।’ उनले प्रदेश सरकार आगामी दिनमा यस तिर ध्यान दिने विश्वास व्यक्त गरे ।

वीरगञ्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल अग्रवालले वीरगञ्ज महानगरपालिकाले नयाँ बर्षको अवसरमा जसरी रात्री बजार लगाएका छन् त्यस्तै प्रदेशको अन्य अन्य शहरहरुमा पनि प्रदेश सरकारको स्वमित्वमा काम हुनुपर्ने सुझाव दिए । उनले भने–‘मधेश प्रदेशलाई धार्मिक पर्यटकीय रुपमा विकास गर्दा यहाँ आर्थिक अवस्था तीव्ररुपमा चलेमान हुन्छ । हाम्रो धरोहरनै धार्मिक स्थल रहेका कारण कसरी बढी भन्दा बढी प्रचारप्रसार गरेर भित्री र बाह्य पर्यटकहरुलाई तान्न सकिन्छ त्यस तिर सरकारको ध्यान केन्द्रीत हुनु पर्दछ ।’

मधेश प्रदेश सरकारले मधेशमा पर्यटन प्रवद्र्धन मात्र भाषणमा गर्ने गरेको स्थानीयबासीहरुको भनाई छ । जनकपुरधाम–८ का विकास सिंह भन्छन्–‘हामीले मुख्यमन्त्री जीलाई के भनौं, कम्तिमा जानकी मन्दिर नभए छिन्नमस्ता केही न केहीको त प्रचारबाजी गर्नु पर्यो । मन्त्रीहरुलाई बेलाएर यहाँका स्थानीय धार्मिक पर्यटकीय स्थलहरु घुमाउँदा त्यहाँका स्थानीयबासीहरु पनि यता आउन रुचाउँथे तर, उहाँ आफै अयोध्या जानु हुन्छ तर, अयोध्याका मुख्यमन्त्रीलाई ल्याउन सक्नु हुन्न ।’

प्रकाशित मिति: २०८१ चैत्र ३०, शनिवार १०:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको