गाजा क्षेत्रको अस्पतालमाथि इजरायलको आक्रमण, २१को मृत्यु



एजेन्सी, बैशाख १ । इजरायलले आइतबार गाजाको अल–अहली अस्पतालमा क्षेप्यास्त्र आक्रमण गरेको छ । हमासका आतंककारीहरूले यस अस्पतालबाट आफ्नो गतिविधि सञ्चालन गरिरहेका भन्दै इजरायले अस्पतालमाथि आक्रमण गरेको जनाएको हो । गाजाका अन्य क्षेत्रहरूमा हालै भएका आक्रमणहरूमा २१ जनाको मृत्यु भएको छ।

आक्रमणको केही मिनेट अघि इजरायली सेनाले बिरामी र चिकित्सा कर्मचारीहरूलाई अस्पताल खाली गर्न भनेको थियो, त्यसपछि अस्पतालको भवनमा दुई वटा मिसाइल प्रहार भएको थियो । आक्रमणबाट अस्पतालको चिकित्सा विभाग, आगन्तुक कक्ष ध्वस्त भएको छ भने अन्य भागहरूमा पनि क्षति पुगेको छ ।

उक्त अस्पताल गाजाको क्रिश्चियन समुदायद्वारा सञ्चालित छ। अस्पतालका प्रवक्ताले सयौं बिरामी र अन्य व्यक्तिहरू मध्यरातमा अस्पताल छोड्नु परेको र अब ती मानिसहरू सडकमा रहेको बताएका छन् । धेरै बिरामीहरू मृत्युको जोखिममा छन्। इजरायली सेनाले २०२३ मा यस अस्पतालमा कारबाही गरेको थियो र त्यस कारबाहीमा धेरै मानिसहरू मारिएका थिए ।

तर यसपटक त्यहाँ उपस्थित मानिसहरूलाई परिसर खाली गर्न समय दिइएको थियो। इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा कायरोमा दुई पक्षबीच युद्धविरामको

प्रकाशित मिति: २०८२ बैशाख १, सोमवार ०८:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको