जनकपुरधाम, बैशाख १ । लगातार पाँच हारपछि चेन्नई सुपर किंग्सले आईपीएलमा दोस्रो जित दर्ता गरेको छ। टोलीले लखनऊ सुपरजायन्ट्सलाई ५ विकेटले पराजित गर्यो ।
सोमबार चेन्नईले एकाना स्टेडियममा बलिङ गर्ने निर्णय गर्यो। लखनउले ७ विकेट गुमाएर १६६ रन बनाएको थियो। चेन्नईले १९.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
चेन्नईका कप्तान एमएस धोनीले ११ बलमा २६ रन बनाए । शिवम दुबेले ४३, रचिन रविन्द्रले ३७ र शेख रशिदले २७ रन बनाए । रविन्द्र जडेजा र मथिस पाथिरानाले २/२ विकेट लिए। लखनउका ऋषभ पन्तले अर्धशतक बनाए। रवि बिश्नोईले २ विकेट लिए।




