दुर्घटनामा चालकको मृत्यु



पाल्पा, वैशाख १ । पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–३ रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार लाम्टाङबाट ओइरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नंको स्कुटर अनियन्त्रित भई पल्टिँदा चालक ठाडा घाइते भएका थिए । उनको उपचारका क्रममा रामपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १, सोमवार १४:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको