अमेरिकाबाट १८ जना पूर्व भुटानी शरणार्थी निस्कासित



जनकपुरधाम, वैशाख २ ।अमेरिकाले देश निकाला गरेका र भुटानले पनि देश निकाला गरेका पूर्व भुटानी शरणार्थीहरूको संख्या बढ्दै गएको छ।

केही दिन अघि अमेरिकाबाट देश निकालामा परेका १३ जना पूर्व भुटानी शरणार्थीलाई भुटान पुर्याइएको थियो। तीमध्ये ४ जना नेपाल आएका थिए। उनीहरूलाई भारतको सीमावर्ती क्षेत्रमा भुटानले ल्याएर छोडेको थियो भने ९ जनाको अवस्था अझै अज्ञात रहेको बताइएको छ।

ती चार जना अध्यागमनको सम्पर्क बेगर नेपाल आउँदा पक्राउ परेका थिए। पछिल्लो समय अमेरिकाबाट निस्कासनमा परेका ५ जना पूर्व शरणार्थीलाई सोमबार भारतको सिलिगुडीसम्म ल्याएर भुटानले शरणार्थी अगुवाहरूले बताएका छन्। तीमध्ये एकजना नेपाल आइपुगेको खबर छ। तर नेपालमा उनी कहाँ लुकेर बसेका छन् भन्ने थाहा भएको छैन।

फेरि आज एकजना महिलालाई अमेरिकाबाट डिपोर्टको लागि तयारी भइरहेको बताइएको छ। यसरी चैत दोस्रो सातायता अमेरिकाबाट १८ जना शरणार्थी निस्कासित भएका छन्। अमेरिकाले चैत दोस्रो साता देश निकाला गरेपछि भुटान पुगेका र त्यहाँबाट पुनः निष्कासित भुटानी नागरिकमध्ये चारजना दुई सातादेखि काँकडभिट्टा अध्यागमन कार्यालयको नियन्त्रणमा छन् ।

उनीहरूलाई भारत फिर्ता पठाउने, नेपालमै शरणार्थी शिविरमा राख्ने वा अन्य कारबाही गर्ने भन्ने विषयमा अध्यागमनकै अधिकारीहरू अन्योलमा छन् ।

अमेरिकी अधिकारीले पारो विमानस्थलमा बुझाएकामध्ये नेपाल आइपुगेका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरुङ चैत १५ देखि काँकडभिट्टा अध्यागमनको हिरासतमा छन्।

प्रकाशित मिति: २०८२ बैशाख २, मंगलवार १४:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको