सामाजिक सञ्जालमै मन्त्री यादवमाथि खनिए सर्वसाधारण



वीरगञ्ज, बैशाख ३ । पर्सा निर्वाचन क्षेत्र नम्वर १ वाट निर्वाचित जनता सामाजिवादी पार्टी (जसपा)का नेता तथा खानेपानी मन्त्री प्रदिप यादवमाथि वीरगञ्जवासी खनिएका छन् । आज मन्त्री यादवले सामाजिक सञ्जाल फेसवुक मार्फत वीरगञ्जमा भएको घटना प्रति दुःख व्यक्त गर्दै प्रहरी प्रशासनले शान्ति स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री यादवले सामाजिक सञ्जाल फेसवुकवाट वीरगञ्जवासी संग अपिल गरेका छन् । उनले अपिलमा भनेका छन्–‘ऐतिहासिक क्रांतिको शहर वीरगञ्जको मौलिक पहिचान धार्मिक स्थलहरू, विशिष्ट तरिकाले मनाइने पर्व – यात्राहरू र सामाजिक सांस्कृतिक सामंजस्यले पनि हो । नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतंत्रता दिएको छ । वीरगञ्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलिजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रहि आएको छ । यहांका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखा पर्ने पारस्परिक तनाव वा असमझदारी लाई आपसी संवादको माध्यम बाट समाधान गर्ने गरिएको विगत छ ।’

त्यस्तै उनले सोही अपिलमा वीरगञ्जको सन्दर्भमा पनि भनेका छन् । उनले भनेका छन्–‘वीरगञ्ज नगर सबैको साझा फुलवारी हो । यहां शांति, सद्भाव र मेल–मिलाप कायम राख्नु सबैको साझा जिम्मेदारी हो । हाल केही दिन देखि वीरगञ्जमा शान्ति सद्भावमा खलल पु–याऊने, उत्तेजना फैलाउने अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्ति माथि तोड़फोड़ गर्ने, आगो लगाउने, वा अभद्रता गर्ने जो कोहीलाई दण्डित गर्न स्थानीय प्रशासनले कानून बमोजिम काम गरिरहनु पर्छ । आफ्नो प्यारो शहरमा तनाव टुसाएको समय देखि नै म व्यक्तिगत रूपमा पर्सा जिल्लाका प्रशासन र प्रहरीको सम्पर्कमा निरंतर छु । त्यसैगरि विभिन्न समुदायका अगुवाहरू संग समन्वय र सल्लाह गरि शान्ति स्थापित गर्ने प्रयासमा छु ।’

उनले अगाडि लेखेका छन्–‘ वीरगञ्ज क्षेत्रका सबै नागरिकहरू संग सामाजिक सद्भाव र शांति कायम राख्न विनम्र अपील गर्दछु । स्थानीय प्रशासनले दोषीको पहिचान गरी कानूनी कारवाही अगाड़ी बढाउनु पर्छ । शांति र सद्भावका लागि गरिने प्रयत्न हो हल्ला र प्रचारबाजी भन्दा नेपथ्यबाट गम्भीर प्रयास गरिनु पर्छ भन्ने मेरो मान्यता हो । म नगरवासी लाई विश्वास दिलाउन चाहन्छु, हामी सबैको प्रयासले वीरगञ्ज आफ्नो पुरानै लयमा अवश्य नै फर्किन्छ ।’

उनले फेसवुकमा यस्तो अपिल लेख्दा स्थानीयबासीहरु भने आक्रोसित देखिएका छन् । गत शनिवार हनुमान जयन्तीका अवसर पारेर हनुमान भक्तहरुले निकालेको शोभा जुलुस माथि मस्जिदवाट ढुङ्ग मुढा गर्दा प्रहरी सहित दर्जनौ घाइते भएका थिए । १८ घण्टाकालागि वीरगञ्ज क्षेत्रमा कफ्र्यु समेत लगाइएको थियो । स्थानीय प्रशासनले दुवै पक्षलाई बोलाएर दोषीलाई कारवाही गर्ने आश्वासन दिएपछि दुवै पक्ष शान्त पनि भएको थियो । तर, प्रशासनले दिएको समयावधी मंगलबार सम्पन्न भएपनि दोषीलाई कारवाही नगरिए पछि हनुमान भक्तहरु आक्रोसित भएर मंगलबार वीरगञ्ज बजार बन्द गराउनुको साथै टायर बालेर विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनलाई साम्य पार्न प्रहरीले लठ्ठी चार्ज गर्दा दर्जनौ व्यक्ति घाइते भएका थिए भने तीन जना पत्रकार समेत घाइते भएका थिए ।

आज विहान मन्त्री यादवले फेसवुक स्टेटसर हाल्ने वितिक्कै स्थानीयबासीहरुले आफ्नो आक्रोस रोक्न सकेका छैनन् ।

सामाजिक सञ्जाल फेसवुक प्रयोग कर्ता करण चौरसीया लेख्छन्–‘घटना घटेको २४ घण्टा भित्र आफ्नो प्रतिक्रिया अभिव्यक्ति दिनु भनेको एउटा नेताको पहिचान हो कर्तव्य हो दायित्व हो ५ दिन पछि होइन । बिगत को ५ दिन काहा हुनुहुन्थ्यो ? यसै गरी कानमा तेल हालेर सुत्नु अनि सबै कुराको मूल्याकंन हुनेछ २०८४ को निर्वाचनमा ।’

त्यस्तै सौरभ पटेल लेख्छन्–‘शांति र सद्भावको भाषण राम्रो छ तर सत्यता लुकाएर हुँदैन। पथरबाजी, तोड़फोड़ … यी घटनामा संलग्न समूहको नाम लिन डर किन? अपराधी जोगाउने र पीडितको आवाज दबाउने हो भने त्यो शांति होइन, कायरता हो। यदि वीरगंज साँच्चै सबैको साझा फूलबारी हो भने, फुल ओँल्याउने हातको पहिचान गर्न पनि हिम्मत चाहिन्छ। अनि धर्म निरपेक्षताको नाममा एक पक्षको गल्ती लुकाएर अर्को पक्षलाई मात्र सम्झाउने शैली अब चल्दैन। सत्य बोल, होइन भने मौन बस ।’

सिंगर रामसागर यादव लेख्छन्–‘प्रदिप यादव ज्यू । मात्र हिन्दूहरू लाई नै पक्राउ गर्ने अनि पथरबाज हरुलाई के बाहिर नुक्वाइदिने यो सब मा तपाईं जस्तो नेता हरु ठूलो योगदान रहेछ ।’

राहुल सर्राफ लेख्छन्–‘निजी सम्पतिको तोडफोड हेर्ने र पथरबजी नहेर्ने नेताजी लाई सलाम छ। यस्तै अभिव्यक्तिले नै यस्तो दंगा सिर्जना गर्छ ।’
उपेन्द्र यादव नामको एक फेसवुक प्रयोगकर्ता लेख्छन्–‘मन्त्री ज्यु घट्ना घटेकै दिन प्रतिक्रिया दिने गर्नु जुन प्रतिक्रियाले समस्या समाधानमा सहयोग पुर्याउछ ।अनि मुस्लिम समुदायले मनाउने चाड्पर्ब मा बाधा पुर्याउने काम कहिले सुनेको छैन तर हिन्दुहरुको चाड्पर्वमा मुस्लिम पक्षबाट अवरुद्ध गर्नुलाई के भन्नु हुन्छ ?’

राज सोनी लेख्छन्–‘तपाइँ ढुक्क हुनु जुलुस शान्तिपूर्ण थियो । एक समुदाय को शान्ति पूर्ण जुलुस लाई अर्को समुदाय बाट उक्साउने जुलुस मा ढुङ्गा हान्ने कार्य को म खुद गवाही छु। त्यति बेला त्यहाँ मात्र छपकैया को नभई अरु अरु ठाउँको पनि मुस्लिम को बाक्लो उपस्थिति थियो । अनि उताबाट योजना बद्ध तरिकाले घटाइएको घटना मा हामीलाई किन कारवाही आखिर त उक्साउने कार्य उता बाट नै भएको हो। यसमा हजुर को उभाई सप्रस्थ चाहियो हामीलाई ।’

दीपेश यादव लेख्छन्–‘हरेक साल हिन्दू कै पर्वमा घटना हुन्छ । यो नाटक भाइचारा हरेक साल पनि यहि सुन्दै आएको छु । तर फेरि अर्को साल घटना घट्छ । तपाईंहरुले भोट, सिट, १÷२ साताको लालचमा आफ्नो पिढीको विनाश नगरिदिनुहोस । जरुरी छैन् कि हजुरको छोरा, छोरी,नाती,नातीनी नेता नै बन्छ । यस्तो नहोस् कि आफ्नै स्वार्थ को लागी भोलि छोरा छोरी लाई दुःख परोस ।’

यस्ता यस्ता सयौ कमेन्टहरु सामाजिक सञ्जालमा छन् ।

प्रकाशित मिति: २०८२ बैशाख ३, बुधवार १२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको