वीरगञ्जको अवस्था भयावह बन्दै, दोषीमाथिकारवाही गर्न प्रशासन मुकदर्शक



वीरगञ्ज, बैशाख ३ । दोषीमाथि कारवाही गर्न प्रशासन मुकदर्शक बनेको भन्दै वीरगञ्ज बजार बन्द गराइएको छ । गत शनिबार हनुमान जन्मोत्सवको शोभायात्राका क्रममा भएको झडपपछि सामान्य बन्दै गएको वीरगञ्जको स्थिति मंगलबार साँझ देखि पुनः तनावग्रस्त बनेको छ ।

हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा निकालिएको शोभा यात्रामा मुस्लिम समुदायका केही उपद्रवीले ढुङ्गामुढा गरेपछि भएको झडपमा दर्जनौ घाइते भएका थिए । हिन्दुहरुले आयोजना गर्ने शोभा यात्रामाथि पटक पटक ढुङ्गामुढा भए पनि प्रशासनले उनीहरुलाई कारवाही गर्न नसकेको भन्दै आज वीरगञ्ज बजार बन्द गराइएको छ ।

झडप पछि दुवै पक्षलाई बोलाएर स्थानीय प्रशासनले पाँच बुँदे सम्झौता गरेको थियो तर त्यो पनि कार्यान्वयन हुन नसके पछि मंगलबार देखि फेरि उनीहरु आन्दोलित भएका छन् । मान्छेको पहिचान भईसक्दा पनि पक्राउ गरेर कारवाही गर्न प्रहरी प्रशासन नचाहेको उनीहरुको गुनासो छ । उनीहरु भन्छन्–‘प्रहरीकै अगाडि तलवार लिएर आएका थिए, काठमाडौँमा शंक फुक्नेलाई प्रहरीले कारवाही गर्ने अनि यहाँ तलवार लिएर आएकालाई किन कारवाही गर्न प्रशासनले चाहेका छैनन् ?’

मंगलवार साँझ भएको झडपमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना हिन्दु युवालाई नियन्त्रणमा लिएपछि हिन्दुवादी संघसंस्थाहरूले उनीहरूको बिना शर्त रिहाइको माग गर्दै प्रदर्शन सुरु गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले धर्ना हटाउने प्रयास गर्दा स्थिति थप जटिल बनेको थियो ।

मंगलबार साँझ साढे ७ बजे हिन्दुवादी अगुवाहरू जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका थिए । धर्ना हटाउने क्रममा प्रहरीले लाठीचार्ज गर्दा पत्रकार अर्जुन गुप्ताको टाउकोमा चोट लागी गम्भीर घाइते भएका छन् भने अर्का पत्रकार अनिल मिश्र पनि घाइते भएका छन् । दुवै जनाको हाल नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २०८२ बैशाख ३, बुधवार ०८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको