जनकपुरधाम, बैशाख ६ । आइपिएलको ३४ औं खेलमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ।
शुक्रबार चिन्नास्वामी रंगशालामा वर्षाका कारण खेल १४ ओभरमा घटाइएको थियो। पञ्जाबले बलिङ रोज्यो। आरसीबीले ९ विकेट गुमाएपछि ९५ रन बनाएको थियो। पञ्जाबले १२.१ ओभरमा लक्ष्य पूरा गर्यो।
पञ्जाबका लागि युजवेन्द्र चहल, मार्को जानसेन, अर्शदीप सिंह र हरप्रीत ब्रारले २/२ विकेट लिए। नेहल वधेराले १९ बलमा ३३ रन बनाएर टोलीलाई जित दिलाए। बैंगलोरका टिम डेभिडले अर्धशतक बनाए। जोश हेजलवुडले ३ विकेट लिए।




