जनकपुरधाम, बैशाख ७ । आइपिएलको ३८ औं खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई ९ विकेटले पराजित गरेको छ। मुम्वईले १८ औं सिजनमा लगातार तेस्रो खेल जितेको छ।
मुम्बईले वानखेडे स्टेडियममा बलिङ गर्ने निर्णय गर्यो । चेन्नईले ५ विकेट गुमाएर १७६ रन बनायो । मुम्बईले १५.४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
मुम्बईका लागि रोहित शर्मा र सूर्यकुमार यादव दुवैले अर्धशतक बनाए । जसप्रीत बुमराहले २ विकेट लिए । चेन्नईका लागि शिवम दुबेले ५० र रविन्द्र जडेजाले ५३ रन बनाए । जडेजाले पनि १ विकेट लिए । चेन्नईले सिजनमा आफ्नो छैटौं खेल हारेको छ, टोलीले केवल २ खेल मात्र जित्न सकेको छ।




