एयरपोर्टको ठेक्का दिलाउने भन्दै ७ लाख ठगी गर्ने नक्कली उपसचिव पक्राउ



काठमाडौं, वैशाख ८ । आफूलाई नेपाल सरकारको उपसचिव भएको बताउँदै ठगीमा संलग्न एक महिला पक्राउ परेकी छन् ।

दैलेख दुनेचौर गाउँपालिका-५ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २५ बस्दै आएकी ४० वर्षीया जानकी न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । जानकीले आफूलाई कानून मन्त्रालयको उपसचिव भएको र हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै एयरपोर्टको विभिन्न ठेक्का मिलाइदिने भनी ७ लाख ६० हजार ८ सय रूपैयाँ ठगेको एसपी अंगुर जिसीले जानकारी दिए ।

प्रहरीका अनुसार उनले त्रिभुवन विमानस्थलको विभिन्न शिर्षकमा ठेक्का मिलाइदिने र त्यसका लागि राजस्व र धरौटी रकम जम्मा गर्नुपर्ने भन्दै उक्त रकम ठगेकी हुन् । न्यौपानेमाथि ठगीसम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: २०८२ बैशाख ८, सोमबार १८:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको