जनकपुरधाम, बैशाख ९ । जनकपुरधाम उप–महानगरपालिकामा निजी विद्यालयका पुस्तक एक रुपता महानगरले खारेज गरेपछि आज फेरि पुस्तक माफिया र उप–महानगर बीच बैठक बस्ने भएको छ ।
जनकपुरधाम उप–महानगरपालिकामा बस्ने पुस्तक माफियाहरुले किन एकरुपताको निर्णय खारेज गरेको भन्ने बिषयमा उप–महानगरपालिकाका मेयर मनोजकुमार साह, शिक्षा महाशाखा प्रमुख धीरेन्द्रलाल कर्ण, शिक्षा समितिका सदस्यहरु तथा पुस्तक व्यवसायीबीच बैठक बस्ने भएको छ ।
जनकपुरधाम उप–महानगरपालिकाले गत चैत २९ गते विभिन्न माफियाहरु संग मिलेर विभिन्न ७ वटा पव्लिकेशनको पुस्तक मात्रै लागु गर्ने उर्दीको चौतर्फी विरोध भएपछि बैशाख ४ गते सो निर्णय खारेज गर्दै विद्यालयहरुले आफू अनुकुल पाठ्यपुस्तक लागु गर्ने तर त्यसको जानकारी उप–महानगरलाई दिने निर्णय गरेको थियो ।
तर, केही माफिया व्यवसायीहर जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहलाई प्रभावमा पार्न दवाव दिँदै आज फेरि बैठक बोलाएको छ । सो बैठकबाट चैत २९ गते भएको निर्णय लागु गर्न दवाव दिन लागेको उप–महानगरपालिका स्रोतको दावी छ ।
पुस्तक माफियाहरुले विभिन्न ७ वटा पव्लिकेशनवाट करोडौं रुपैयाँको चलखेल गरेको र मेयर साहलाई समेत प्रभावमा पारेर निर्णय गराएका थिए ।
उप–महानगरले कक्षा नर्सरी देखि युकेजी सम्म मात्र विद्यार्थी पव्लिकेशनको पाठ्यपुस्तक लागु गरिने भनेको थियो भने कक्षा १ देखि ३ सम्म ग्रन्थघर, रिडमोर, विद्यार्थी, र व्रिलिएन्ट पव्लिकेशनको किताव मात्र पढाइने थियो ।
त्यस्तै कक्षा ४ र ५ मा ग्रन्थघर, रिडमोर, विद्यार्थी, व्रिलिएन्ट र वेदान्ता पव्लिकेशन मात्र लागु गरिएको थियो भने कक्षा ७ र ८ मा ग्रन्थघर, रिडमोर, विद्यार्थी र व्रिलिएन्टको पाठ्यपुस्तक लागु गर्ने उर्दी जारी गरिएको थियो ।
त्यस्तै कक्षा ८ मा सरकारी पुस्तक अंग्रेजी र नेपाली पढाउने नेपाल सरकारको बाध्यात्मक नीति रहेका कारण जनक शिक्षा सामग्री केन्द्रको यि दुई विषय पढाइने छ । नेपाल सरकारको नीति नभएको भए यो पनि पढाइ हुने थिएन् । कक्षा ८ मा रिडमोर, विद्यार्थी, ग्रन्थघर, व्रिलिएन्ट र शुभारम्भको पाठ्यपुस्तक लागु गरिएको थियो । कक्षा ९ र १० मा पनि अंग्रेजी र नेपाली दुई वटा जनक शिक्षा सामग्री केन्द्रको पाठ्यपुस्तक लागु गरिने भएको थियो भने अन्यमा रिडमोर, ग्रन्थघर, विद्यार्थी, व्रिलिएन्ट, वुद्धा र शुभारम्भको पाठ्यपुस्तक लागु गरिएको थियो ।
स्रोतका अनुसार यहाँका केही व्यापारीहरुले एउटै डिस्ट्रिव्युटरवाट मोटो रकम लिएर यो निर्णय गराएका थिए ।
यसरी जनकपुरधाम उप–महानगरपालिकाले केही पव्लिकेशनहरुको पाठ्यपुस्तक मात्रै लागु गरेपछि उप–महानगरपालिकाका मेयर मनोजकुमार साह, शिक्षा महाशाखा र शिक्षा समितिले व्यापक रकमको चलखेल गरेको आरोप लगाइएको थियो ।
पाठ्यपुस्तक एक रुपताको नाममा यहाँका केही व्यापारी र जनकपुरधाम उप–महानगरपालिकाका मिलिमतोमा करोडौं रुपैयाँको चलखेल भएको छ । शिक्षा महाशाखाका प्रमुख धीरेन्द्रलाल कर्णले यहाँका केही व्यापारी र शिक्षा समितिका एक सदस्यको मिलिमतोमा सो निर्णय गराएको र उनीहरुबाट केही रकम समेत बुझिसकेकाले मेयर मनोजकुमार साहमाथि दवाव दिनकालागि शिक्षा महाशाखाका प्रमुख धीरेन्द्रलाल कर्णकै इशारामा आजको बैठक बस्न लागेको स्रोतको दावी छ ।
पाठ्यपुस्तक एक रुपता निर्धारणमा कुनै प्रक्रिया अपनाइएको थियो । नत कुनै विज्ञ टोली गठन गरिएको थियो । आफू खुशी जो जो संग पैसा पाए त्यो पव्लिकेशन राम्रो र नपाएपछि गुणस्तरहीन रहेको ठहर गरिएको थियो । स्रोतका अनुसार एनप्यावस, प्यावसन लगायतका संघ संस्थाका नगरकमिटीका अध्यक्षहरुले आफूखुशी यो प्वलिकेशन राम्रो र यो नराम्रो भनेर लागु गरिएको छ ।
यहाँका एक दुई ठूला व्यापारीले यिनीहरु संग पाठ्यपुस्तक एक रुपताको नाममा करोडौं रुपैयाँको डिल गरेको आरोप समेत लगाइएको छ । त्यो डिल पुरा नभएपछि पैसा समेत फिर्ता माग्नकालागि सो बैठक बस्न लागेको स्रोतको दावी छ ।




