इस्लामिक आतंकवाद विरुद्ध जनकपुरधाममा प्रदर्शन



जनकपुरधाम, वैशाख १० । इस्लामिक आतंकवाद विरुद्ध जानकी सेनाले जनकपुरधाममा आज प्रदर्शन गरेको छ ।  भारतको पहलगावमा भएको आतंकी आक्रमणमा धर्म सोधी आतंककारीहरुले गरेको हत्या, पश्चिम बंगालमा हिन्दुवादी नेताको हत्या एवं वंग्लादेशमा भएको हिन्दु नेताको हत्याको विरोधमा प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन ।

जानकी मन्दिरको प्राङ्गणबाट शुरु भएको प्रदर्शन विभिन्न भागको परिक्रमा गर्दै जनकचोक पुगी सम्पन्न भएको थियो । प्रदर्शनकारीहरुले हिन्दु एकताको अपील गर्दै बंगालका मुख्यमन्त्री ममता बनर्जी र बंगला देशका प्रधानमन्त्री युनुस विरुद्ध नारावाजी समेत गरेको थिए ।



उनिहरुले बनर्जी र युनुसको पुत्ला दहन समेत गरेका छन ।

प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार २१:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको