शिक्षामन्त्रीको राजीनामाबारे गृहमन्त्री अनभिज्ञ



काठमाडौं, वैशाख १० । गृहमन्त्री रमेश लेखकले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे आफू अनभिज्ञ रहेको बताएका छन् । बुधबार सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै समस्या नरहेको भन्दै उनले भने, ‘जहाँसम्म शिक्षामन्त्रीको राजीनामाको सवाल छ । उहाँले राजीनामा दिनुभएको छ । प्रधानमन्त्रीसँग उहाँको कुरा भएको छ । उहाँसँग के कुरा भएको छ, के कारणले कसरी दिनुभएको छ उहाँले भन्नु भएको होला ।’



आन्दोलनरत शिक्षकहरूको मागका बारेमा सरकार गम्भीर रहेको भन्दै उनले सम्भव भएसम्म सरकारले अहिले गर्न सक्ने माग सम्बोधन गर्न तयार रहेको बताए । उनले भने,’शिक्षक साथीहरूको प्रदर्शन आन्दोलनको कुरा छ । त्यसका बारेमा गम्भीरतापूर्वक कुराकानी भइरहेको छ । हिजो साँझ पनि कुरा भएको छ । अहिले गर्न सक्ने माग सम्बोधन गर्न सरकार तयार छ ।’ नयाँ शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गरेर शिक्षकका मागहरू सम्बोधन गर्ने तयारी सरकारले गरिरहेको उनको भनाइ छ ।

गृहमन्त्री लेखकले आन्दोलनरत शिक्षकहरूसँग सरकारले वार्ता गरिरहेको र आज पनि छलफल हुने बताए ।

प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार १३:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको