उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता



काठमाडौँ, वैशाख १० । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहयानबीच आज भेटवार्ता भएको छ ।

भेटमा उहाँहरूबीच दुई पक्षीय व्यापार, श्रम, आर्थिक सम्बन्ध र जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटपछि उपप्रधानमन्त्री सिंहले संक्षिप्त जानकारी दिँदै द्विपक्षीय भेटवार्ताले आगामी दिनमा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध थप सुमधुर हुने र सहकार्यका क्षेत्रहरू विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।



प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार २१:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको