जनकपुरधाम, बैशाख १० । आइपीएलको १८ औं सिजनमा लगातार चौथो खेल जित्दै मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष ३ मा प्रवेश गरेको छ। टोलीले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्यो । एमआईका पूर्व कप्तान रोहित शर्माले लगातार दोस्रो खेलमा अर्धशतक बनाए । ट्रेन्ट बोल्टले ४ विकेट लिए।
मुम्बईले हैदराबादको राजीव गान्धी रंगशालामा बलिङ गर्ने निर्णय गर्यो । सनराइजर्सले ३५ रन भित्र ५ विकेट गुमायो। यहाँबाट हेनरिक क्लासेन र अभिनव मनोहरले ९९ रनको साझेदारी गर्दै टोलीलाई १४३ मा पुर्याए । मुम्बईले १६ औं ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो ।




