शिक्षामन्त्री रघुजी पन्तको आज शपथ



काठमाडौँ, बैशाख ११ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तले बिहीबार अपराह्न शपथ लिने भएका छन्। शीतलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउने छन्।

शपथका लागि अपराह्न ४ बजेको समय तय भएको छ। शिक्षक आन्दोलनको दबाब झेल्न नसकेपछि यसअघि सोमबार विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । रिक्त ठाउँमा रघुजीलाई एमालेले अघि सारिएको छ।



एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६१ सालमा शेरबहादुर देउवाको क्याविनेटमा श्रममन्त्री भएका थिए ।

प्रकाशित मिति: २०८२ बैशाख ११, बिहीबार ०९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको