प्रधानन्यायाधीश राउतको विदेश भ्रमण अन्तिम समयमा रद्द



काठमाडौं, वैशाख ११ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अन्तिम समयमा आफ्नो विदेश भ्रमण रद्द गरेका छन्। टर्कीका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा स्तानबुल जान लागेका उनको भ्रमण रद्द भएको हो।

उनी आज बिहान साढे १० बजे उड्ने कार्यक्रम तय भएको थियो। उनका साथमा सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल पनि जाने कार्यक्रम थियो।



प्रधानन्यायाधीशको विदाइका लागि सर्वोच्च अदालतका अधिकारीहरू विमानस्थल जाने तयारी गरिरहँदा एकाएक भ्रमण कार्यक्रम नै रद्द भएको सूचना पाएका थिए। उनको विदेश भ्रमणकै कारण यता महत्त्वपूर्ण मुद्दाहरूको सुनुवाइ पर धकेलिएको छ।

लगातार सुनुवाइमा राखिएको ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी विवादको पेसी पनि प्रधानन्यायाधीशको आसन्न विदेश भ्रमणकै कारण वैशाख २८ गतेका लागि संवैधानिक इजलासले नै हिजो पेसी तोकेको थियो।

प्रकाशित मिति: २०८२ बैशाख ११, बिहीबार ०९:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको