ठगी गरेको भन्दै जनकपुरका ६ ट्रेनिङ्ग सेन्टरलाई श्रमको स्पष्टिकरण



जनकपुरधाम, बैशाख ११ । जनकपुरधाममा ट्रेनिङ्ग सेन्टर सञ्चालन गरेर बैदेशिक रोजगार सम्वन्धी कारोवार गरेको भन्दै श्रम कार्यालय जनकपुरले विभिन्न ६ वटा ट्रेनिङ्ग सेन्टरलाई स्पष्टिकरण सोधेको छ ।

जनकपुरधाम स्थित रहेको प्रादेशिक श्रम कार्यालयका प्रमुख दिवाकर भूजेलले अवैध रुपमा सामाजिक सञ्जालमा प्रचार प्रसार गरेर आम जनतालाई ठगी गरेको, वैदेशिक रोजगार विभागले तोकेको मापदण्डको व्यापक उल्लंघन गरेको लगायतका विषयमा ती ट्रेनिङ्ग सेन्टरलाई स्पष्टिकरण सोधेको छ ।

जनकपुरधाम स्थितका विदेश ट्रेनिङ्ग सेन्टर जनकपुरधाम–१४ मुजेलिया, ओम ट्रेनिङ्ग सेन्टर जनकपुरधाम–७ भ्रमरपुरा चोक, माँ जानकी ट्रेनिङ्ग सेन्टर विश्वकर्मा चोक, मुस्कान ट्रेनिङ्ग सेन्टर जनकपुरधाम–९ रामानन्द चोक, सिंह ट्रेनिङ्ग सेन्टर मिल्स एरिया जनकपुरधाम र त्रिशा ट्रेनिङ्ग सेन्टर जनकपुरधाम–१४ पिराडी चोकलाई तीन दिन भित्र स्पष्टिकरणको जवाफ माग गरिएको कार्यालय प्रमुख भूजेलले जानकारी दिएका छन् ।

यि ट्रेनिङ्ग सेन्टरहरुले अवैध रुपमा बैदेशिक रोजगार सम्वन्धी कारोवार गर्दै आइ रहेका थिए । यि ट्रेनिङ्ग सेन्टरहरुले बैदेशिक रोजगारमा जानेहरुलाई विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने गरेको आरोप छ । यि ट्रेनिङ्ग सेन्टरहरुलाई आइबार सम्म स्पष्टिकरणको जवाफ सहित श्रम कार्यालयमा उपस्थित हुन समेत आदेश गरिएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख ११, बिहिवार १८:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको