नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ



काठमाडौँ, वैशाख ११ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहका बीच मन्त्री पन्तले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका थिए।

यसअघि एमालेबाटै शिक्षामन्त्री रहेकी विद्या भट्टराईले पदबाट राजीनामा दिएकी थिइन्।

प्रकाशित मिति: २०८२ बैशाख ११, बिहीबार १७:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको