सलहेस फुलवारीमा अम्वेडकर पार्कको विरोधमा पासमान समुदाय



सिरहा, बैशाख १६ । मधेश प्रदेश सरकारले हिजो सल्हेस फुलवारीमा शिलान्यास गरेको अम्वेडकर पार्कको विरोधमा पासमान समुदाय उत्रेको छ । राजा सल्हेशको ईतिहासलाई मेटाएर फुलबारीमा अम्बेडर पार्क बनाउन लागेकोमा दुसाध (पासवान) समुदायले विरोध गरेका छन् ।

सिराहाको लहान नगरपालिका १२ र २२ मा पर्ने सल्हेश फुलबारीमा आफ्नै इतिहास बोकेका प्रतापि राजा सल्हेसको इतिहास मेटाउने हिसावले भारतीय नेता भिम राव अम्बेडकरको नाममा पार्क शिलान्यास गरेपछि पासवान समुदायहरुले विरोध जनाएको छ । आफैमा इतिहास बोकेका कुनै भारतीय नेता भन्दा कम ज्ञानी, प्रतापि नरहेको राजा सल्हेसको इतिहास मेटाउने हिसावले भारतीय नेताको नाममा पार्क निर्माण गर्न थालेपछि उनीहरु विरोधमा उत्रेका छन् ।

हिजो जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह , मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साह लगायतका नेताहरुको उपस्थितमा अम्बेडर पार्क शिलान्यास गरिएको छ ।

भारतका बहुज्ञ विधिवेता अर्थशास्त्री , राजनीतिज्ञ , एव समाजसुधारक बाबा साहेब प्रति सम्मान छ तर पासवान समुदायको कुल देवताको रुपमा राजा सल्हेशको फुलबारीमा अम्बेडकर पार्क शिलान्यास गर्ने भनेको जनमत पार्टीले सल्हेशको ईतिहास मेटाउनु कति जायज हो भनेर उनीहरुले प्रश्न गरेका छन् ।

फुलबारीमा प्रत्येक वर्ष वैशाख १ गते राजा सल्हेशकै प्रेम प्रतिक स्वरुप एउटा रुखमा फुल फुल्छ। सदियौ देखिको ईतिहास फुलबारी धार्मिक संस्कृतिक दुसाध (पासवान) को कुल देवता भएको ठाउँमा अम्बेडकर नामक पार्क बनाउन लागेकोमा दुःखद रहेको समाजिक अभियान्ता दुर्गानन्द पासवान बताउँछन।

उनीहरुले जनमत पार्टी यहाँको इतिहास मेटाउनकैलागि स्थापना भएको समेत आरोप लगाएका छन् । स्थानीय दुःखी पासमान भन्छन्–‘जनमत पार्टीले यहाँको इतिहासमाथि पटक–पटक आक्रमण गर्दैछन्, पहिलो पटक उनीहरुले यहाँ बोलिने मैथिली भाषामाथि प्रहार गरे अव प्रतापि राजा भगवान सल्हेसको इतिहासमाथि प्रहार गरेका छन् । कुन दिन राजा जनक र जानकी मन्दिरमाथि प्रहार गर्छन् त्यसको कुनै ठेगान छैन् ।’

उनीहरुले अम्वेडक पार्ककोलागि अन्य कुनै स्थान चुनिनुपर्ने माग गर्दै राजा सल्हेस भगवानको इतिहासमाथि प्रहार नगर्न आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति: २०८२ बैशाख १६, मंगलवार ०७:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको