मधेश बालिका सम्मेलन–२०८२ सुरु



जनकपुधाम, वैशाख १७ । मधेश बालिका सम्मेलन–२०८२ जनकपुरधाममा सुरु भएको छ । आज जनकपुरधाममा ‘सक्षम बालिका, समृद्ध मधेश’ मूल नारासहित बालविवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालको आयोजना तथा मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा सुरु भएको छ ।

मधेश प्रदेशका खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोदकुमार जयसवालले बालिका सम्मेलनको उद्घाटन गर्दै मधेश प्रदेशको कलङ्कका रुपमा रहेको दाइजो, बालविवाह, बोक्सीजस्ता समस्याको समाधानका लागि सामाजिक जागरण फैलाउन जरुरी रहेको बताए ।

‘सक्षम बालिका, समृद्ध मधेस’ मूल नारासहित बालविवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालको आयोजना तथा मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा सुरु भएको छ । मधेश प्रदेशका महिला तथा बालबालिका समितिका सभापति रुपाकुमारी यादवले बालविवाह न्यूनीकरणका लागि छोरा र छोरीबीचको विभेद गर्न नहुने बताउँदै बालविवाह गरेको भए हामीहरुले बहिष्कार गर्न जरुरी रहेको बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले बालविवाह न्यूनीकरणका लागि तीनै तहका सरकार मिलेर सशक्त रुपमा अगाडि बढ्न जरुरी रहेको बताए । राष्ट्रिय मानवअधिकार आयोगका मधेश प्रदेशका कार्यालय प्रमुख बुद्धनारायण साहनीले बालविवाह हुन नहुने पक्षमा मानवअधिकार आयोग दृढ भएको बताए ।

मधेश प्रदेशमा हाल ३४ प्रतिशत बालविवाह रहेको छ । पाँच वर्ष अगाडि बालविवाह गर्नेको सङ्ख्या ४२ प्रतिशत रहेकामा हाल घटेको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १७, बुधवार २०:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको