‘नेपाल वा मधेशको दलितको उत्थानमा अम्वेडकरको भूमिका के ?’

सर्वसाधारणको प्रश्नको घेरामा जनमत


जनकपुरधाम, बैशाख १७ । मधेश प्रदेश सरकार फेरि विवादमा घेरिएको छ । सरकारको भूमिका माथि नै सर्वसाधारणले तेर्साउन थालेका छन् । प्रदेश सरकारको लगानीमा सिरहाको सल्हेस फुलवारीमा भारतीय नेता भीम राव अम्वेडकरको पार्क शिलान्यास गरे पछि विवाद उत्पन्न भएको छ ।

सामाजिक सञ्जालमै भारतीय नेता भीम राव अम्वेडकरले भारतकालागि दिएको योगदान सम्माननिय रहे पनि नेपालको दालित वा नेपालकोलागि के भूमिका निर्वाह गरेका छन् जो उनको नाममा पार्क निर्माण गरिन्छ त्यसमा पनि पासवान समूदायको भगवान, कुलदेवता राजा सल्हेसको फुलवारीमा ?

हुनत जनमत पार्टीका सचिव विपी साहले शिलान्यास गरिएको जग्गा सल्हेस फुलवारीको नरहेको स्पष्ट पारे पनि पासवान समुदायले भने यस शिलान्यासको घोर निन्दा गरेका छन् ।

‘अम्वेडकरको नाममा पार्क निर्माण गरिनु नै छ भने कुनै अन्य स्थान रोजे हुन्थयो, सल्हेस फुलवारी नै किन ?’ जितेन्द्र सिंह दनुवार लेख्छन्–‘नेपालमा किन? र सलहेस फुलवारीको एरियामा किन? अम्बेडरको योग्दान नेपालको इतिहास छैन । त्यसैले बिचार गर्न जरुरी छ । सलहेस फुलवारको अपमान र सलहेस पार्क बनाउन ध्यानाकर्षण छैन । भारतियको मुर्ति बनाउन कतिको उचित हो?नेपाल सरकार होसियार।’

नेपालका पासवान समुदायको कुलदेवता राजा सल्हेसलाई दलित गैर दलित सवैमा भित्रि मन देखि सम्मान र श्रद्धा रहे पनि राजा सल्हेसमाथि नै राजनीति हुन थालेको र राजा सल्हेसमाथि राजनीति हस्तक्षेप गरी उनी भन्दा ठूला अम्वेडकर रहेको प्रमाणित गर्न थालिएको छ । डा. भीम राव अम्वेडकर र राजा सल्हेस संग दाज्न नसक्ने भएकाले ती ठाउँमा राजा सल्हेस पार्क बनाइनुपर्ने अथवा अम्वेडक पार्क त्यहाँवाट कतै अरु ठाउँमा बनाउनु पर्ने माग समेत गरिएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ता अशोककुमार साह लेख्छन्–‘को हो यो अम्बेदकर? नेपालमा के योगदान छ यो मान्छेको? बरु सलहेश बातिका नाम राख्दिए हुन्थ्यो कि !’

त्यस्तै पशुपति यादव लेख्छन्–‘अब केही दिन मा नेपालको नाम अमेरिका राख्छ सीके राउत ले, किन भने अमेरिका संसार को बिकसित देश छ, त्यति बेला पनि सिके राउत को डाइ हर्ट फैनको मुख गलत को विरोध गर्नु पर्दछ सिके राउत सरको नै प्रिन्सिपल हो सन्दर्भ अम्बेडकर पार्क ।’

त्यस्तै अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता राकेश यादव लेख्छन्–‘राजा सलहेशको भुमिमा सलहेशको मुर्ति बनाउ अम्वेडकरको के योग्दान छ मधेश र नेपालको राजनितिमा यो कार्य निन्दनिय हो ।’

सामाजिक सञ्जालमा शिलान्यास हुँदै विवादमा घेरिएको अम्वेडक पार्कको सन्दर्भमा जनमत पार्टीका सचिव विपी साहले तीन वुँदे स्पष्टिकरण दिएका छन् । डा. भीम राव अम्वेडकर दलित रहेका कारण उनको नाममा पार्क निर्माण गरिन लाग्दा उनी भन्दा बढी सद्भाव राजा सल्हेसमाथि रहेको भन्दै दलित गैर दलित सवैको आवाज एक भएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १७, बुधवार ०६:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको