जनकपुरधाम, बैशाख १८ । राजस्थान रोयल्स आईपीएलको यस सिजनको प्लेअफ दौडबाट बाहिरिएको छ। टोलीलाई मुम्बई इन्डियन्सले १०० रनको ठूलो अन्तरले पराजित गर्यो। यो मुम्बईको लगातार छैटौं जित हो। यो जितसँगै मुम्बईको टोली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।
जयपुरको सवाई मानसिंह रंगशालामा राजस्थानले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। मुम्बईले २० ओभरमा २ विकेट गुमाएर २१७ रन बनायो। २१८ रनको लक्ष्य पछ्याएको राजस्थानको टोली १६.१ ओभरमा ११७ रनमा अलआउट भयो। ट्रेन्ट बोल्ट र कर्ण शर्माले ३/३ विकेट लिए। जसप्रीत बुमराहले २/२ विकेट लिए। राजस्थानका कुनै पनि ब्याट्सम्यानले ३० रनको आँकडा पार गर्न सकेनन्।
मुम्बईका लागि सूर्य कुमार यादव र कप्तान हार्दिक पाण्ड्याले ४८/४८ रन बनाएर अविजित रहे। दुवैले ९४ रनको अविजित साझेदारी गरे। ओपनर रायन रिकेलटनले ६१ र रोहित शर्माले ५३ रन बनाए। रियान पराग र महेश थेक्षानाले एक एक विकेट लिए ।




