सरकारको विकल्प खोज्नुपर्छः माधव नेपाल



काठमाडौँ, वैशाख २२ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको बताएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले वर्तमान सरकारले अहिलेको व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न कुनै पनि क्षेत्रमा रुचि नदेखाएको बताए।

उनले सरकारले परम्परा धान्ने गरी मात्रै नीति तथा कार्यक्रम ल्याएको बताए। उनले सरकार परिणामविहीन मात्र नभई उद्देश्यविहीन हुन पुगेको जिकिर गरे।

सरकारको विकल्प खोज्नुपर्ने भए पनि दुई ठूला राजनीतिक दलहरु मिलेसम्म कुनै विकल्प नहुने बताए।

‘यो सरकारको विकल्प त खोज्नुपर्छ। तर विकल्प खोजेर पार लाग्दैन। किनभने दुई वटा पार्टी मिलेर सरकार बनेको छ। दुई वटा पार्टी मिलेसम्म सरकार कसैले बनाउन सक्दैन। यो सरकारले यो व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न कुनै पनि क्षेत्रमा रुचि देखाएको छैन। त्यसकारण यो मुलुकको निम्ति बोझ बनेको छ,’ उनले भने।

प्रकाशित मिति: २०८२ बैशाख २२, सोमवार १८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको