सामुहिक कुमारी कन्या पूजन गरेर मनाइयो जानकी नवमी



राजविराज, बैशाख २३ । यहाँ एक संस्थाले सामुहिक कन्यापुजन गरेर जानकी नवमी अर्थात सीता जयन्ती मनाएका छन् ।
मंगलवार राजविराज स्थित भगवती मन्दीर प्रागंनमा विश्वहिन्दु परिषद नेपाल सप्तरी शाखाले ५१ जना कुमारी कन्याको पुजन गरी जानकी नवमी एवंं सीता जयन्ती मनाएका हुन ।

मधेश प्रदेश सरकारले जानकी नवमी मनाउन मंगलवार सार्वजनिक विदा नै दिएपछि कार्यक्रममा उत्साहजनक सहभागीता देखिएको थियो । आजैका दिन माता सीता प्रकट भएको धार्मिक मान्यता अनुसार उत्सव मनाउन कन्यापूजन गरिएको र उक्त कार्यक्रम मधेश प्रदेशका ८ वटै जिल्ला सहित ५४ वटा जिल्लामा एकै दिन परिषदद्वारा आयोजना गरिएको विश्वहिन्दु परिषद नेपाल मधेश प्रदेशका संगठन मन्त्री जंग बहादुर सिंहले बताए ।

नेपालको राष्ट्रिय विभुती सीता कै स्वरुप दिएर कन्याहरुलाई श्रृंगार गरी गरिएको कन्या पुजनमा सहभागीहरुलाइ उपहार स्वरुप चुनरी, मुकुट र शैक्षिक सामाग्री सहित दक्षिणा समेत प्रदान गरिएको थियो । सो अवसरमा कार्यक्रम संयोजक एवं परिषदका द्वितीय उपाध्यक्ष दिलीप कुमार दास, प्रथम उपाध्यक्ष राज कुमार गुप्ता, सगरमाथा विभाग प्रमुख रामकिसुन साह, परिषद्का नगरप्रमुख प्रमोद चौधरी, धार्मिक कुञ्ज प्रमुख (सगरमाथा विभाग), सदस्य विष्णु देव चौधरी, देवकृष्ण चौधरी, विजय साह लगायतको पनि उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार १८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको