जानकी प्राकट्य दिवस श्रद्धाभक्ति पूर्वक मनाइदै



जनकपुरधाम, वैशाख २३ ।  माता जानकी को प्राकट्य दिवसको स्मरणमा आज जनकपुरधाम सहित मिथिलामा जानकी नवमी श्रद्धाभक्तिका साथ मनाइदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने प्रचलन छ ।

जानकीको जन्मदिनको अवसरमा जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । आज विहानैदेखि दुधमति नदीमा स्नान गरि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भिड लागेको छ ।

जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको छ । आज विहानै दुधमति नदीमा स्नान, जानकी मन्दिरमा बधाइगान, प्राकट्य उत्सव, झाँकीकिर्तनजस्ता कार्यक्रम आयोजन गरिएको छ ।

जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् । जानकी नवमीको अवसरमा मधेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार ०८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको