सत्ताको उन्माद : मधेश प्रदेशका सभामुख मण्डलका ज्वाईको दादागिरी (भिडियो सहित)



जनकपुरधाम, बैशाख २३ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलका ज्वाई धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका–३ का रमेश मण्डलले आफ्नै काकाका छोरा बुहारीलाई घरबार बिहीन बनाउने प्रपञ्च रचि रहेका आरोप लगाइएको छ ।

मिथिला बिहारी नगरपालिका–३ बस्ने सभामुख मण्डलका ज्वाई रमेश मण्डलका काका छोरा रोशन मण्डलका श्रीमति मिलन देवी मण्डलले सो आरोप लगाएकी छन् । रोशन मण्डल र उनका श्रीमति मिलनले जनकपुरधाम स्थित पत्रकार महासंघ धनुषाको सभाहलमा पत्रकार सम्मेलन गरी आफूहरुलाई घरबार बिहीन बनाउन लागेको आरोप लगाएकी छन् ।



मण्डल दम्पत्तीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने–‘दिनहुँ आफ्नो घरमा बियरको बोतल, माटो फ्याक्ने गरेका रमेशले आज दिशा पोका बनाएर फ्याके यो अति भएपछि आज हामीहरु तपाईहरु समक्ष आएका छौं ।’

पटक–पटक यस्ता क्रियाकलाप भए पछि आफूहरुले प्रहरी चौकी तारापट्टि सिरसियामा निवेदन दिएपछि प्रहरीकै सामू आफूहरुमाथि हातपात भएको र प्रहरी समेत केही गर्न नसकेको मण्डल दम्पत्तीको आरोप छ । ससुरा सभामुख रहेका कारण प्रहरी प्रशासन समेत आफूहरुको गुनासो नसुनेको र आफ्नो ज्यानको सुरक्षा गर्न नसकेको उनीहरुले आरोप लगाए ।

आफूहरुले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई यस विषयमा पटक–पटक जानकारी गराउँदा उनले त्यहाँबाट घरबार बेचेर अन्यत्र जान सुझाएको तर आफ्नो ज्वाईलाई सम्हालन नसकेको उनीहरुको आरोप छ । उनीहरुले भने–‘गाउँमा पार्टी पोलिसि भएपनि आफूहरुले रामचन्द्र मण्डललाई सहयोग गरेको तर, आज हामीहरुलाई गाउँ छोड्न उनले पनि दवाव दिएको छ ।’

मण्डल दम्पत्तीले पटक–पटक सभामुख मण्डल संग भेटेर नै यस्ता समस्याको बारेमा जानकारी गराउँदा तिमीहरु जनकपुुरमै डेरा लिएर बस्न समेत भनेको गुनासो पत्रकार सम्मेलनमा मण्डल दम्पत्तीले गरे । प्रहरीको मिलिमतोमा नै आफूहरुमाथि उनीहरु दिनहुँ वियरको बोतल घरमा फ्याक्ने, माटो फ्याक्ने र आज दिशा पोका बनाएर फ्याकेको मण्डल दम्पत्तीको आरोप छ ।

ससुराको पावरमा उन्माद छाएका रमेश संग आफूहरुको कुनै लेनदेन नरहेपनि उनले थालेको अत्याचारबाज आफूहरु आजिज भई सकेको उनीहरुको गुनासो थियो । मण्डल दम्पत्तीले भने–‘आफ्नै दियाद काकाको छोरा भए पनि आफूहरुले आफ्नो काम संग मतलव राख्ने गाउँघरको झमेलामा नपर्ने भए पनि आफूहरु न्यायकालागि कहाँ जाउ ।’

 

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार १२:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको