भारतीय हमलामा मसूद अजहरका परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु



काठमाडौं, वैशाख २४ । भारतले पाकिस्तानमाथि गरेको सैन्य हमलाका क्रममा त्यहाँको उग्रवादी समूह जैस ए मोहम्मदका कमाण्डर मसूद अजहरको  परिवारका १० जना सदस्यसहित १४ जना मारिएको बीबीसीले जनाएको छ ।

जैस ए मोहम्मदको तर्फबाट बुधवार जारी गरिएको बयानमा अजहरकी दिदी र भिनाजुसाहित सो परिवारका ५ सालका बच्चासहित मारिएका छन् । यसक्रममा उनीहरुका तीन सहयोगी पनि मारिएको संगठनले जनाएको छ ।

पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा मसूद अजहरका नातेदारहरु मारिएका हुन् । सो संगठनले सन् २०१९ मा गरेको आत्घाती बम विष्फोटमा ४० सैनिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २०८२ बैशाख २४, बुधवार १५:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको