जनकपुरधाम, बैशाख २६ । जनता समाजवादी पार्टी (जसपा) नेपालको अधिवेशनमा आफ्नो उम्मेदवारी कायमै रहेको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले दावी गरेका छन् ।
उनले आफ्नो उम्मेदवारी धनुषामा पार्टीलाई सवै भन्दा ठूलो, बलियो र सशक्त बनाउनकालागि रहेका कारण उम्मेदवारीवाट पछि नहटने बताएका छन् । मधेश टुडे संग कुराकानी गर्दै अध्यक्ष यादवले धनुषा जिल्लाको पार्टी कार्यालयमा टोल फ्रि नम्वर स्थापना गरी सर्वसाधारण जनताको समस्या समाधान गर्ने पहिलो प्राथमिकता रहेको बताए । उनले भने–‘धेरैले सर्वसाधारणको समस्या बुझ्न नसकेर उनीहरुमा सामन्ति प्रवृति हावि भएको छ, अधिकांश ग्रासरुटका जनतालाई फोन गर्न मोवाइलमा पैसा हुँदैन् त्यो मलाई थाहा छ, त्यसैले सवै भन्दा पहिला टोल फ्रि नम्वर पार्टी कार्यालयमा स्थापना गर्नेछु ।’
उनले आफू धनुषा जिल्लाको अध्यक्षमा जितेपछि समस्यामा परेका नेता कार्यकर्ताहरुलाई ठाउँको ठाउँमा गएर समस्या समाधान गर्ने छु । प्रहरी प्रशासनमा जसपा नेपालका नेता कार्यकर्ताहरुलाई झुठा मुद्दामा फसाउने गरिन्छ त्यसको अन्त्य गर्नकालागि आफ्नो उम्मेदवारी रह्ने उनले स्पष्ट पारेका छन् । उनले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा हेल्प डेक्स निर्माण गरी सो हेल्पमा पार्टीका प्रतिनिधि १० बजे देखि ५ बजे सम्म बस्ने र सो डेक्सवाट सर्वसाधारणको समस्या समाधान गराउ समन्वय र सहकार्य गर्ने उनले बताए ।
धनुषा जिल्लाका १८ वटै पालिकामा गएर संगठन विस्तार गर्ने, आफ्नो पार्टीको धारणा जनता समक्ष प्रस्तुत गर्ने र २०८४ मा पार्टीलाई सवै भन्दा ठूलो पार्टी बनाउनकालागि आफ्नो उम्मेदवारी रहेको बताए । धनुषा जिल्लाका १८ वटा पालिका मध्ये अहिले तीनवटा मुखियापट्टि मुसहरनिया, जनकनन्दनी गाउँपालिका र शहीद नगर नगरपालिकामा मात्रै जसपा नेपालले नेतृत्व पाएका छन् ।
तर, उनले १८ वटै पालिकामा कसरी जसपा नेपालले नेतृत्व पाउने हो त्यस तिर आफ्नो ध्यान केन्द्रीत रहने उनको दावी छ । उनले धनुषा जिल्लालाई मुखियापट्टी मुसहरनिया मोडलमा ढाल्ने बताए । मुखियापट्टि मुसहरनिया धनुषा जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सांस्कृति सम्पदा जोगाउने लगायतमा धनुषा जिल्लाका अधिकांश पालिका मध्ये सवै भन्दा अगाडि रहेको दावी गर्दै आफू अध्यक्षमा निर्वाचित भएपछि धनुषा जिल्लालाई मुखियापट्टि मोडलमा ढाल्ने योजना लिएर अध्यक्षमा उम्मेदवारी दिएको बताए ।
उनले गुटबन्दी अन्त गरी पार्टी भित्रवाटै आफ्ना उम्मेदवारहरुलाई हराउने कार्य विगतमा भएको छ त्यो आफू अध्यक्ष भएपछि हटाउने दावी गर्दै अध्यक्ष यादवले गुटबन्दी अन्त्य गर्ने बताए ।




