पाकिस्तानले ३ घण्टा भित्रै युद्धविराम तोडेको भारतको आरोप



नयाँ दिल्ली, बैशाख २८ । शनिबार साँझ ५ बजेदेखि लागू भएको युद्धविरामको ३ घण्टापछि पाकिस्तानले उक्त सम्झौता तोडेको भारतीय पक्षले आरोप लगाएको छ । जम्मू कश्मीर, गुजरात, राजस्थान र पञ्जाबमा गरिएको ड्रोन आक्रमण भारतीय सेनाले विफल पारेको छ ।

विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे पत्रकार सम्मेलनमा गरी पाकिस्तानले युद्धविरामको सहमति उल्लंघन गरेको जानकारी दिएका थिए । उनले भने–‘पाकिस्तानले भारतीय सीमामा प्रवेश गर्ने प्रयास गर्यो । हामीले भारतीय सेनालाई पूर्ण स्वतन्त्रता दिएका छौं ।’ जम्मू कश्मीरको राजौरी, अखनूर, पुंछ, नौशेरा, श्रीनगर, उधमपुर, आरएस पुरा र साम्बामा गोलाबारी र ड्रोन आक्रमणहरू गरिएको भारतको दावी छ ।

जम्मू कश्मीर, राजस्थान, पञ्जाब र गुजरातका सीमावर्ती जिल्लाहरूमा रातभर व्लक आउट रह्यो । तर, अब पाकिस्तानबाट गोलीबारी र ड्रोन आक्रमण बन्द भएको छ । अझै पनि, यी राज्यका धेरै क्षेत्रहरूमा रेड अलर्ट जारी छ ।

यहाँ, अप्रिल २२ देखि मे १० सम्म, पाकिस्तानको गोलीबारीमा ५ सैनिक शहीद भएका छन् । ६० सैनिक घाइते भएका छन् । एकै समयमा, २५ जना सर्वसाधारणको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन्।

प्रकाशित मिति: २०८२ बैशाख २८, आइतवार ०७:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको