जसपा नेपाल धनुषाको निर्वाचन आज, पशुपति र शत्रुधन बीच प्रतिस्पर्धा



जनकपुरधाम, बैशाख २८ । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको निर्वाचन आज हुने भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार आज विहान ९ बजे देखि निर्वाचन कार्यतालिका राखिएको छ ।

धनुषा जिल्लाका अध्यक्षकालागि पाँच जनाले उम्मेदवारी घोषणा गरिए पनि तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा द्विपक्षिय प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षकालागि पशुपति यादव, शत्रुधन यादव, जयकुमार यादव, चन्देश्वर महतो र अक्षयकुमार यादवले उम्मेदवारी दिएका थिए ।

तर, जयकुमार यादव र अक्षयकुमार यादवले शत्रुधन यादवलाई समर्थन गरेका छन् भने चन्देश्वर महतोले आन्तरिक रुपमा पशुपतिलाई समर्थन गरेको बुझिएको छ । तर, चन्देश्वरले खुलेर कसैलाई समर्थन गरेका छैनन् ।

त्यसै गरी दुई जना उपाध्यक्षका लागि ललित कुमार मण्डल, दिनेश प्रसाद यादव, रामपुकार यादव, राम शंकर पासमान र अब्दुल मनान राईन गरी ५ जना उम्मेदवारी कायम भएको छ ।

सचिव पदमा राम एकवाल शर्मा, रामनारायण कापडि, धर्मेन्द्रकुमार गोइत, उमेशप्रसाद महतो, सीता राम यादव र दीपेन्द्रकुमार कापडि वीच प्रतिस्पर्धा हुने भएको छ ।
यता दुई जना उपसचिव पदका लागि , राम बिहारी यादब, श्याम कुमार राउत, सीता कुमारी देवी मण्डल , वेचन महतो , शशि चन्द्र यादब र दिनेश महतोले उम्मेदवारी दिएका छन भने कोषाध्यक्ष पदमा सुजिता यादव, मो. नजामुद्दिन अंसारी र अशोक कुमार यादवले उम्मेदवारी दिएका छन । त्यस्तै ५० जना सदस्य पदका लागि कुल ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

नयाँ नेतृत्वको लागि शनिवार तीन बजे देखी मतदानको समय तालिका सार्वजनिक गरिए पनि उम्मेदवारहरुले सहमतिकोलागि निर्वाचन समिति संग केही समय मागेका कारण निर्वाचन आइतवारकालागि सारिएको थियो ।

अधिवेशनमा जिल्ला भरि बाट कुल ३ सय ४० प्रतिनिधि रहेको छ ।

प्रकाशित मिति: २०८२ बैशाख २८, आइतवार ०७:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको