रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८२ पत्रकार झालाई



रौतहट, बैशाख २८ । रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८२ जनकपुरधामकी सञ्चारकर्मी चान्दनी झालाई प्रदान गरिने भएको छ । पत्रकार झाले सञ्चार जगतमा उल्लेख्यनिय योगदान पुर्याए बापत उनलाई सो पुरस्कारप्रदान गरिने भएको छ ।

रेड टेलिभिजनकी संस्थापक स्व. श्रीमती रामा यादवको पुण्यतिथिको अवसरमा प्रदान गरिने “रामा यादव स्मृति पत्रकारिता पुरस्कार” २०८१ बाराकी पत्रकार शरदा पोखरेल र २०८२ जनकपुरधामकी पत्रकार चान्दनी झालाई प्रदान गरिने भएको छ । रामा यादव स्मृति प्रतिष्ठानद्वारा आइतबार आयोजना गरिएको एक विशेष कार्यक्रममार्फत उक्त घोषणा गरिएको छ। पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएका पत्रकार महिलालाई लक्षित गर्दै सुरु गरिएको यो पुरस्कार टेलिभिजनमार्फत निरन्तर प्रदान हुँदै आएको छ।

पुरस्कार राशी २६ हजार १ रुपैयाँ रहेको छ। स्वास्थ्य क्षेत्रका विकृति, विसंगति तथा बेथिति विरुद्ध कलम चलाउने महिला पत्रकारलाई सम्मान स्वरूप यो पुरस्कार प्रदान गरिँदै आएको प्रतिष्ठानका संयोजक जयप्रकाश यादवले जानकारी दिए । पुरस्कार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शिव पुरीले कोरोना महामारीका कठिन घडिमा जोखिम मोलेर काम गरेका पत्रकारहरुको योगदानलाई स्मरण गर्दै, राज्यले अझै पनि पत्रकारहरुप्रति न्याय गर्न नसकेको उल्लेख गरे। उनले स्व. रामा यादवको पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको खुलेर प्रशंसा समेत गरे।

कार्यक्रममा वरिष्ठ पत्रकार प्रभातकुमार झाले आम सञ्चारकर्मीले भोगिरहेको पीडामाथि प्रकाश पार्दै, कोरोना महामारीको समयमा पत्रकारहरुले व्यहोरेको क्षतिलाई अझै पनि राज्यले उचित सम्बोधन गर्न नसकेको गुनासो व्यक्त गरे। स्व. रामा यादवको निधन २०७८ साल बैशाख २८ गते कोरोना संक्रमणका कारण भएको थियो। त्यसपछि उनका श्रीमान जयप्रकाश यादवले उहाँको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गरेका थिए।

२०७९ मा पोखराकी पत्रकार अनिषा जयन्ती श्रेष्ठ, २०८० मा प्राइम टेलिभिजनकी सिर्जना कार्की, २०८१ मा बाराकी शरदा पोखरेल र २०८२ मा जनकपुरधामकी चान्दनी झा यस पुरस्कारबाट सम्मानित हुने भएकी छन् । प्रतिष्ठानका अनुसार २०८१ र २०८२ वर्षको पत्रकारिता पुरस्कार आगामी श्रावण १९ गते रेड टेलिभिजनको वार्षिकोत्सवको अवसरमा एक विशेष समारोहबीच प्रदान गरिनेछ।

प्रकाशित मिति: २०८२ बैशाख २८, आइतवार २१:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको