‘हिन्दु धर्ममाथि अभद्र टिप्पणी गर्ने सम्सादलाई मेयर कपवाट बहिस्कार गर’



जनकपुरधाम, बैशाख २९ । जनकपुरधाममा जारी तेस्रो मेयर कप–२०२५ मा सहभागि पर्साका एक खेलाडीले खेलाडीको मर्यादा विपरीत कार्य गरेको भन्दै उनलाई मेयर कपवाट वहिस्कार गर्न माग गरिएको छ ।

मेयर कपमा सहभागि टिमहरु मध्ये पर्साका एक खेलाडी सम्साद अन्सारीले सामाजिक सञ्जाल फेसवुकमा हिन्दुहरुमाथि अभद्र टिप्पणी गरेको भन्दै उनलाई खेलवाट हटाउन माग गरिएको छ । सम्सादले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्–‘मुस्लिम देशमे मरवावे ना जाइके चाहि, मुस्लिमकेँ होस्पिटलमे देवेके जाइके चाहित एतना दम वा त अपन माइकेँ बचावे चाहि जन की रावन लेके गइल रहे मुस्लिम कन्ट्रिमे इ कोन भगवानके शक्ति हो जे अपन मौगीके बचावे न सकत ।’

यस्ता प्रकारका स्टेशस राखेर जनकपुरधाममा जारी मेयर कप टी–२० प्रतियोगितामा सहभागि सम्सादलाई सामाजिक वहिस्कार गर्नु पर्ने माग पूर्व क्रिकेटरहरुले नै गरेका छन् ।

जनकपुरधामका पूर्व क्रिकेटर दीपक झाले सामाजिक सञ्जाल मार्फत यस्ता यस्ता मान्सिकता भएका खेलाडी नै हुन नसक्ने दावी गर्दै यिनलाई प्रतियोगिताबाट बाहिर निकाल्नुपर्ने क्रिकेट संघ माथि दवाव दिएका छन् । उनले खेलाडीको नम्स समेत बुझ्न नसक्नेले आगामी दिनमा खेल जगतलाई धार्मिक द्वन्द्वको अखाडा बनाउने भन्दै आगामी दिनमा यिनलाई क्रिकेट मैदानमा ओर्लन नदिन क्रिकेट संघसंग माग गरेका छन् ।

सम्साद जातिय मानसिकता बोकेका अभद्र व्यक्ति रहेका कारण सम्पूर्ण खेल जगतलाई बदनाम गर्ने व्यक्तिले क्रिकेट मैदानलाई धुमिल तुल्याउने पूर्व क्रिकेटर झाको दावी छ ।

प्रकाशित मिति: २०८२ बैशाख २९, सोमवार १९:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको