राजविराज, बैशाख २९ । कान्छो छोरालाई थाहै नदिई आफुलाई समेत झुक्याएर यहाँ स्थित एक नाम चलेको सहकारी संस्थाबाट मिलोमतो गरी जेठो छोराले १ करोड रुपैया ऋण निकालेको एक महिलाले गुनासो गरेकी छन् ।
राजविराज नगरपालिका ५ को सिमाना संग जोडिएको विष्णुपुर गाउँपालिका ६ क्याम्पस रोड निवासी ६० वर्षिया शम्भु देवी यादव र उनका २५ वर्षिय कान्छो छोरा सचिनले यस्तो गुनासो पोखेका हुन ।
सोमवार नेपाल पत्रकार महासंघ सप्तरीको राजविराजस्थित सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी उनले जेठो छोरा शिव कुमार यादवले यहाँ स्थित आईडियल सहकारी संस्था लि. संग मिलोमतो गरी १ करोड रुपैया ऋण निकालेको आरोप लगाएका छन् ।
कान्छो छोरा सचिन संगै पत्रकार सम्मेलनमा उपस्थित भएकी उनले विष्णुपुर गाउँपालिका ६ क्याम्पस रोड जाने सडक किनारामा १ कठ्ठा जग्गामा बनेको २ तल्ले घर उक्त सहकारी संस्थामा धितो राखी २०६९ सालमा १ करोड रुपैया जेठो छोरा शिवले ऋण वापत निकालेको बताईन ।
“कान्छो छोरालाई कुनै जानकारी नै नदिई मलाई समेत झुक्याएर सादा कागज र चेकमा हस्ताक्षर गराएर जेठो छोरा शिवले उक्त सहकारी संस्थाबाट १ करोड रुपैया निकालेको कुरा सहकारी संस्थाबाट लिलामी प्रकृयाको चिठ्ठी आएपछि मात्र थाहा पाए, उनले भनिन्–“जेठो छोरा र सहकारी संस्थाको मिलोमतोमा हामीसंग जालसाजी र बेघर बनाउने काम भएको हो ।”
उनले उक्त सहकारी संस्थाले आफुहरु वसोवास गर्दै आएको एकमात्र घर र जग्गा लिलामी प्रकृयामा लान थालेको भनी पत्र पठाएपछी शोकमा परेको श्रीमान कुसुम लालको शोक मै केही दिन अघि निधन भएको गहभरी आँसु पोख्दै सुनाईन । उनले यो प्रकरणमा जेठो छोरा शिव र ऋण दिने सहकारी संस्था दुबै दोषी भएको दाबी गरिन ।
पत्रकार सम्मेलनमा उपस्थित उनका कान्छा छोरा सचिनले आफुलाई कुनै जानकारी नै नदिई दाजु शिवले आमा बुवालाई समेत झुक्याएर विभिन्न कागजात र चेकमा हस्ताक्षर गराई सहकारीबाट ऋण निकालेको दाबी गर्दै न्यायका लागी अदालत सम्म पुगेको बताए ।
आफ्नो समेत अंश लाग्ने जग्गा सहकारीमा धितो राख्दा बखत आफु अध्ययनको सिलसिलामा विराटनगरमा रहेको भन्दै उनले सोबारे दाजु शिवले फोन सम्म नगरेको बताए ।
मेरो समेत अंश लाग्ने जग्गामा मेरो कुनै सहमती र हस्ताक्षर सम्म नलिएर सहकारीले कसरी यत्रो ठूलो रकम ऋण दियो ? प्रश्न गर्दै उनले यसको उचित छानवीन हुनुपर्ने माग समेत गरे ।
उनले उक्त सहकारीबाट आमा शम्भु देवीको नाममा १ करोड रुपैया ऋण निकासा भएको र सोही दिन ९० लाख रुपैया दाजु शिवको खातामा ट्रान्सफर भएको देखिएको जानकारी समेत गराए ।
यता उक्त सहकारी संस्था लि.का अध्यक्ष गणेश कुमार आसले समस्या पर्दा ऋण लिन आएका ब्यक्ती अहिले बोली फेर्दै संस्थालाई बदनामा गर्न खोजेको बताएका छन । उनले ऋणीहरुलाई कतै न झुक्याएको र लिखित कागजातमा हस्ताक्षर गराईएको दाबी गर्दै तोकिएको समयमा सावाँ र ब्याज नबुझाउँदा संस्थाको निर्णयअनुसार लिलामी प्रक्रियाको प्रारम्भिक कार्य अघि बढाइएको बताए ।
साँवा र व्याजका लागी पटक÷पटक लिखित र मौखिक जानकारी गराउँदा पनि ऋणीबाट वेवास्ता गरिएकाले पछिल्लो पटक लिलामी प्रक्रियाका लागी पत्राचार गरिएको हो, उनले भने–तर मान्छे र हुलाक मार्फत चिठ्ठी पठाउँदा पनि बुझ्न नमानेपछी बाध्य भई लिलामी प्रक्रियाका गतिबिधी अगाडी बढाइएको हो ।
उनले सहकारीको ऋण समय मै नतिरे ऋणीका कान्छो छोरा सचिनको अंश छुट्याई बाँकि बचेको जग्गा लिलामीबाट संस्थाले आफनो लगानी वसुल गर्ने ब्यवस्था रहेको स्पष्ट पारेका छन ।
१५ दिनको सार्वजनिक सूचना मार्फत ताकेदा गरेका छौ, उनले भने, त्यस पछि पनि वेवास्ता गरिए लिलामी प्रक्रियामा जान्छौ । उनले थपे, “प्रक्रिया पु¥याएर ऋण दिएका थियौं, प्रक्रिया पु¥याएरै वसुुली हुन्छ ।”




