गृहमन्त्री आउने टुङ्गो लागेपछी तैयारी तीव्र



राजविराज, बैशाख २९ । नेपाली काँग्रेस क्षेत्र नं. २ क्षेत्रिय समितिको बैठक विगत दुई दिनदेखी राजविराजमा लगातार चलिरहेको छ ।

क्षेत्रिय समितिद्वारा बैशाख ३१ गते बुधबारका दिन गृहमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश लेखकको प्रमुख आतिथ्यमा राजविराजमा आयोजना हुने एक कार्यक्रमलाई भब्य बनाउन अघिल्लो दिनदेखी सुरु भएको बैठकले सोमबार पनि निरन्तरता पाएको हो ।

नेपाली काँग्रेस क्षेत्रिय समिति २ द्वारा बुधबार स्थानीय जिल्ला समन्वय समितिको सभाकक्षमा कार्यकर्ता अभिमुखी कार्यक्रमको आयोजना हुन लागेको हो ।

त्यसैको तयारीको लागि दुई दिनदेखी बैठक चलिरहेको क्षेत्रिय सभापति महानन्द यादवले जानकारी दिए । सप्तरीको क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दिनेश कुमार यादवको विशेष उपस्थितिमा चलिरहेको बैठकमा क्षेत्रिय समितिका पदाधिकारीका साथै क्षेत्र नं. ३ का सभापति भुपेन्द्र प्रसाद यादव, नेपाली काँग्रेस राजविराज नगर समितिका उपसभापतिद्वय अनिल यादव, प्रमोद दास, तिलाठी कोइलाडी गाउँपालिका कमिटिका सभापति अमिर नारायण झाका साथै पार्टीका भातृ र शुभेच्छुक संगठनका अगुवा कार्यकर्ता सहभागि छन् ।

प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले गृहमन्त्री लेखक आउने टुङ्गो लागेपछी तयारी तिब्र बनाइएको बताए । क्षेत्रिय सभापति महानन्द यादवका अनुसार बैशाख ३१ गते बुधबार गृहमन्त्री लेखक क्षेत्रिय समितिद्वारा आयोजित कार्यक्रममा सहभागि पश्चात् प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरको दर्शन र साँझ एक वैवाहिक समारोहमा सहभागि हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २०८२ बैशाख २९, सोमवार १७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको