जनकपुरधाम, बैशाख २९ । तेस्रो जनकपुरधाम मेयर कप–२०२५ अन्तर्गत आज भएको लिग चरणको खेलमा सिरहाले रौतहटलाई ३६ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ्ग गरेका सिरहाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०९ रनको योगफल तयार पारेका थिए ।
सिरहाकालागि ओपनिङ्ग गर्न आएका राकेश कामतिले ६, अशोक पौडेल २४, क्रिस अैयरले २४, दिपेश दासले १९, रुपेश सिंह २, दिनेश बुढामगर ५, दिनेश अधिकारी ३, अशोक यादव १०, प्रदिप पासवान ७, फतेह सिद्धिकी ०, र अफरुदिन राइन ० रनमा अविजित रहे ।
रौतहटकालागि आशिक बैठाले ४ ओभरमा ४ विकेट लिए भने मोहन घिमिरेले ३ र सन्नी साहले २ विकेट लिन सफल भएका थिए ।
प्रतिउत्तरमा व्याटिङ्ग गर्न आएका रौतहट टिमले १७.५ ओभरमा सवै विकेट गुमाउँदै मात्र ७३ रन बनाउन सकेका थिए । रौतहटकालागि रनविर यादव २०, राजेश यादव २१ र आशिक बैठाले १० रनको योगदान दिएका थिए भने अन्य कुनै खेलाडीले दोहरा अंक छुन सकेका थिएन् ।
सिरहाकालागि रुपेश सिंह २, प्रदिप पासवान ३, फतेह सिद्धिकीले २ विकेट लिए भने अफु्रदिन राइन र अशोक पौडेलले समान १÷१ विकेट लिन सफल भएका थिए ।




