टिपर पल्टिदा चालकको मृत्यु



सिरहा, बैशाख ३० । सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका ७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीका अनुसार आज बिहान पौने ६ बजेटिर उदपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको छ ।

चालकको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पुरीले जानकारी दिए ।

प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार ०८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको