जसपा नेपालमा प्रवेश गर्न जनमत सांसदले दिइन राजिनामा



भैरहवा, वैशाख ३० । जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्न जनमत पार्टीकी लुम्बनी प्रदेश सभा सदस्य गीता गुरुङ्गले पदबाट राजिनामा गरेकी छन ।

बेलायत रहेकी गुरुङले त्यही बाट सभामुख तुलाराम घर्तिमगरलाई मंगलबार पत्र लेखेर राजीनामा पठाएकी हुन् ।

रुपन्देहीकी गुरुङलाई जनमतले समानुपातिक सांसद बनाएको थियो । सांसद पदबाट राजीनामा दिएकी गुरुङका श्रीमान् कैलाश गुरुङ अघिल्लो महिना उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालमा प्रवेश गरेका थिए । यादव भैरहवा गएर जनमतका नेता कार्यकर्तालाई जसपा नेपालमा स्वागत गरेका थिए । उनका श्रीमान् कैलाश जनमत पार्टीको कार्यकारणी सदस्य एवं आदिवासी महासंघको अध्यक्ष समेत थिए ।

श्रीमान् जसपा नेपालमा प्रवेश गरि सकेपछि आफु पनि जसपा नेपालमै प्रवेश गर्ने भनेर सांसद पद बाट राजिनामा गरेको गुरुङ्ग निकट एक जनाले मधेश टुडेलाई बताएको छ ।

यद्यपी प्रदेशसभा सदस्य गुरुङले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको राजीनामा पत्रमा लेखिकी छन् ।

‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘…जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’

प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार १५:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको