अनुमति नै नलिई आधा दर्जन भन्दा बढी विद्यालय सञ्चालनमा



राजविराज, बैशाख ३० । सप्तरीको दुईवटा पालिकामा अनुमति नै नलिई आधा दर्जन भन्दा बढी विद्यालय सञ्चालनमा रहेको पाईएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले सुरु गरेको निजी तथा संस्थागत विद्यालयहरुको अनुगमनका क्रममा कञ्चनरुप नगरपालिकामा दुई र हनुमाननगर कंकालिनी नगरपालिकामा छ गरि आठ वटा विद्यालय अनुमति बगैर सञ्चालनमा रहेको पाईएको हो ।



उच्च अदातलत जनकपुर राजविराज इजलासले अनुमति विनाको थप कक्षा संचालन नगर्न नगराउन बैशाख १९ मा आदेश दिएपछि समन्वय इकाईले यही बैशाख २८ गते बाट विद्यालयहरुको स्थलगत निरिक्षण तथा अनुगमन सुरु गरेको हो ।
आइतबार हनुमाननगर कंकालिनी नगरपालिकामा अनुगमन गरेको टोलीले मंगलवार कञ्चनरुप नगरपालिका विद्यालयहरुमा अनुगमन गरेको छ ।

सो क्रममा कंचानरुप नगरपालिकास्थित ब्राइट फ्युचर एकेडमीले ३ कक्षाको अनुमति लिए पनि ७ कक्षा सम्म विद्यार्थी भर्ना गरि पठनपाठन गराई रहेको पाइएको छ । यस्तै माउन्ट एभरेष्ट विद्या मन्दिरले ६ कक्षा सम्मको अनुमति प्राप्त गरे पनि ८ कक्षा सम्मको पठनपाठन सञ्चालन गरिरहेको पाईएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिए ।

यसअघि आईतवार सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा सोही टोलीले अनुगमन गर्दा ६ वटा निजी विद्यालयहरुले अनुमति नलिएर कक्षा संचालन गरेको पाइएको थियो । स्थलगत निरीक्षण तथा अनुगमन टोलीले अनुगमन गर्दा ती दुई पालिकाको निजी तथा संस्थागत ८ वटा विद्यालयहरूले मापदण्ड विपरित अनुमति पाएको भन्दा माथिल्लो तह सम्मको कक्षा संचालन गरेको पाइएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत यादवले जानकारी दिएका छन् ।

विधि प्रक्रिया नपु¥याका तथा अनुमति विना संचालनमा रहेका त्यस्ता विद्यालयहरु उपर कानुनी कारबाही हुने अनुगमन टोलीका प्रमुख यादवले बताए ।

टोलीमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत यादव, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि शिवनाथ मण्डल र शाखा प्रमुख हरिनारायण साह लगायतका अधिकारी सहभागि छन् ।

प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार १९:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको