वैदेशिक रोजगारीसम्बन्धी मुद्दाका प्रतिवादी पक्राउ



पर्सा, वैशाख ३१ । वैदेशिक रोजगारीसम्बन्धी कसुर मुद्दाका एक प्रतिवादीलाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२४ का ६८ वर्षीय सितारामप्रसाद कुर्मी छन् ।

उनीविरुद्ध वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा वैशाख ७ गते मुद्दा परेको थियो ।  सुरेश सिंह घिमिरेको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपकप्रसाद कुर्मीसमेत भएको वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा संलग्नमध्येका कुर्मीलाई पक्राउ गर्न विभागले वैशाख १७ गते पर्सा प्रहरीलाई पत्राचार गरेको थियो ।



जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कुर्मीलाई आफ्नै घरमा लुकीछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउलगत्तै प्रहरी कर्मचारीको जिम्मा लगाई उनलाई विभागमा पठाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।

प्रकाशित मिति: २०८२ बैशाख ३१, बुधबार १७:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको