प्रतिनिधिसभाको बैठक बस्दै , यस्तो छ कार्यसूचि



जनकपुरधाम, वैशाख ३१ । प्रतिनिधिसभाको बैठक आज (बुधवार) बिहान ११ बजे बस्दैछ। संसद सचिवालयका अनुसार, बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोध सूचनालाई निर्णयार्थ पेस गरिनेछ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उक्त विधेयक प्रस्तुत गर्नेछन्।

साथै, आर्थिक वर्ष २०८२र८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहनेछ।

प्रकाशित मिति: २०८२ बैशाख ३१, बुधवार ०७:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको