नेपालले बहराइनलाई ६ विकेटले हरायो



काठमाडौं, जेठ १ । थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले बहराइनमाथी ६ विकेटको जित निकालेको छ । तेरथाइ क्रिकेट ग्राउण्डमा बहराइनले दिएको ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै पूरा गर्‍यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले ७ बलमा अविजित २४ रन बनाइन् । पुजा महतोले ११ बलमा १४ रनको योगदान दिइन् । यसअघि पहिला ब्याटिङ गरेको बहराइनले १२ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन बनाउदा वर्षा भएको थियो ।



लामो समय वर्षाका कारण खेल रोकिएपछि डिएलएसका आधारमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो ।

प्रकाशित मिति: २०८२ जेष्ठ १, बिहीबार १६:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको