
काठमाडौं , असोज २१ । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ ।
सोमबार भएको दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो । यसअघि नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले ६ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सकको थियो ।



खेलमा नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिएका थिए । त्यसअघि अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।
